दाङ — कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आइतबार १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बाँके नरैनापुरका ५, दाङका २, कपिलवस्तुका २ र बर्दियाका १ जना संक्रमितलाई डिस्चार्ज गरिएको अस्पतलाका सदस्य सचिव डा. सर्वेश शर्माले बताए ।

Advertisements

भएकाले ५ जनालाई पुन: परीक्षण नगरी घर पठाइएको डा. शर्माले बताए । त्यस्तै ५ जनाको भने परीक्षणमा नेगेटिभ आएकाले डिस्चार्ज गरिएको उनले जानकारी दिए ।

यसअघि अस्पतालमा रहेका आठ जना नेगेटिभ रिपोर्ट आएर घर पठाइएको थियो । अहिले अस्पतालमा ४५ जना संक्रमित बिरामी रहेको र अन्य पनि आउने क्रममा रहेको उनले जानकारी दिए । ‘अब लक्षण नदेखिएकालाई १४ दिनपछि घर पठाउन सकिन्छ । यसो गर्दा अस्पतालमा नयाँ बिरामी राख्न पनि सहज हुन्छ,’ उनले भने,‘आज मात्रै थप १५ बिरामी आउँदैछन् ।’

Advertisements

यसअघि अस्पतालले ५० बिरामी आएपछि शय्या भरिएको भन्दै थप बिरामी लिन मानेको थिएन । जसका कारण अहिले सबै स्थानीय तहले क्वारेन्टाइनलाई नै आइसोलेसनका रुपमा प्रयोग गरी संक्रमित राखिरहेका छन् । कतिपय स्थानीय तहले आफै आइसोलेसन कक्षहरु निर्माण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्