काठमाण्डौ । कोरोना भाइरसका कारण स्थगित भएकोे फिफा विश्व कप र एसियन कपको छनोटअन्तर्गत दोस्रो चरणको खेलको नयाँ मिति सार्वजनिक भएको छ। एसियाली खेलकुद फुटबल संघ (एफसी) ले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो।

Advertisements

नयाँ खेल तालिका अनुसार नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेइसँग दशरथ रगंशालामा खेल्नेछ। त्यसको ५ दिनपछि अर्थात असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ। कार्तिक २७ गते जोर्डनसँगको खेलेपछि नेपालको विश्व कप छनोट खेल समाप्त हुनेछ। छनोट अन्तर्गत नेपालले ३ वटा होम म्याच खेल्न बाँकी छ।

विश्व कप छनोटका यसअघिका ५ खेलमा नेपालले ४ मा हार र १ मा जित निकालेको थियो। नेपालले एक मात्र खेलमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो। त्यसमा दुवै गोल अन्जन विष्टले गरेका थिए। ५ राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्