मकवानपुर । टिपरले स्कुटरलाई ठक्कर दिँदा मकवानपुरको हेटौंडामा नेपाल प्रहरीका एक हवल्दारको मृत्यु भएको छ।

Advertisements

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गए राति करिब ९ बजेको समयमा टिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडामा कार्यरत हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो।

प्र३–०२–०१२प १३३८ नंको स्कुटरमा हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गरेका थिङलाई जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नंको टिपरले ठक्कर दिएको थियो।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्