काठमाडौँ — विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी असार ११ सम्म ६७ वटा चार्टर उडानलाई अनुमति दिएको छ ।



मन्त्रालयले नेपाल वायुसेवा निगमलाई २४ वटा, हिमालय एयरलायन्सलाई १९ वटा र विदेशी वायुसेवा कम्पनीलाई २४ वटा गरी ६७ वटा चार्टर उडानको अनुमति दिएको छ ।
नेपालीलाई उद्धार गरिने मुलुकहरुमा दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड, बंगलादेश, श्रीलंका, माल्दिभ्स, मलेसिया, पाकिस्तान, कुवेत, साउदी अरब, बहराइन, दुबई, कतार, इजरायल, मस्कट, साइप्रस, संयुक्त राज्य अमेरिका, नाइजेरिया, युगान्डा तथा युरोप छन् ।
Advertisements

पर्यटन सचिव केदारबहादुर अधिकारीका अनुसार यी चार्टर उडानमा विदेशमा अलपत्र परेका पहिलो प्राथमिकतामा परेकालाई उद्धार गरिनेछ । यो पहिलो चरणको चार्टर उडान हो ।

