टीका घर्ती

दाङ । नेपाल तरूण दल दाङका अध्यक्ष टीका घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घर्ती सहित एक दर्जन बढि युवालाई प्रहरीले आज अपरान्ह नियन्त्रणमा लिएर छाडेको छ ।

Advertisements

विश्वस्त स्रोतका अनुसार तरूण दल दाङका अध्यक्ष घर्तीको नेतृत्वमा काँग्रेस सम्बद्घ केही युवा राष्ट्रिय युवा संघका नेता अोम चौधरीलाई कुटपिट गर्ने उदेश्यले दंगीशरण गाउँपालिकको हेकुली पुगेका थिए । तरूण दलका नेता सुर्यप्रकाश राना र चौधरी बिच हिजो विवाद भएको थियोे । गाउँको विवाद मिलाउने क्रममा रानाले चौधरीलाई इप्रका तुलसीपुरमा अपशब्द प्रयोग गरेर गाली गरेका थिए भने त्यस पश्चात् चौधरीले रानालाई कुटपिटको प्रयास गरेका थिए । हिजोको घटना यत्तिकैमा साम्य भएको थियोे ।

तरूण दलको जल्दाबल्दा नेता रहेका रानाले आज आफ्नो संगठनका अध्यक्षको नेतृत्वमा चौधरीलाई कुटपिट गर्न युवा टिम बोलाएका थिए । घर्तीको नेतृत्वमा गएका युवाले चौधरीको घर घरेकाे स्थानीयको भनाइ छ । स्थानीयका अनुसार चौधरी माथि आक्रमण भएको भए त्यहाँ ठुलै रक्तपात हुने थियोे । आक्रमण भए प्रत्याक्रमण गर्न चौधरी समुदाय तयारी अवस्थामा रहेका स्थानीय बताउँछन् ।
त्यहाँ हुने सम्भावित घटना बारे सुचना पाएपछि इप्रका तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालको नेतृत्वमा प्रहरी टोली हेकुली पुगेको थियोे । प्रहरी घर्ती,राना,चौधरी, नेविसंघ दाङका कोषाध्यक्ष अरून लहरे सहितका लाई नियन्त्रणमा लिएको थियोे । इप्रका तुलसीपुरमा भएको छलफलमा दुवै पक्षले झगडा नगर्ने प्रतिबद्धता जनाएपछि छाडिएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिब सिंहले जानकारी दिनुभएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्