डोटी । कोरोनाको लक्षण नदेखिएको भन्दै सुदूरपश्चिम विभिन्न ठाउँबाट २६ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २६ संक्रमितलाई डिस्चार्ज गरिएको हो ।

Advertisements

डिस्चार्ज हुनेमा सेती प्रादेशिक अस्पतालबाट १५ जना रहेका छन् । यस्तै महाकाली अस्पतालबाट चार जना, डोटी जिल्ला अस्पतालबाट दुई जना, डोटीको पूर्वीचौकी गाउँपालिकाबाट तीन जना र अछाम जिल्ला अस्पतालबाट दुईजना संक्रमितलाई पनि आइतबारै डिस्चार्ज गरिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्