कैलाली । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

Advertisements

प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ का १९ वर्षीय नवीन सावद र सोही ठाउँका २० वर्षीय चन्द्र सावदलाई पक्राउ गरेको हो।

पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्