मोरङ — अनलाइन कक्षा प्रभावकारी नहुने भन्दै मोरङका सामुदायिक विद्यालयहरुले शारीरिक दूरी कायम गरेर भएपनि कक्षा सञ्‍चालन गर्ने तयारी गरेका छन् ।

Advertisements

विद्यार्थीको संख्या अनुसार हरेका कक्षाका विद्यार्थीलाई हप्तामा १/१ दिन भए पनि कक्षा कोठामा शारीरिक दूरी कायम गरेर विद्यालयमै पढाउने तयारी थालेका हुन् ।

ग्रामथानको सरस्वती नमूना माध्यमिक विद्यालयले आउँदो मंगलबारबाट कक्षा सञ्चालनको तयारी गरेको छ । सुरुमा हप्तामा एउटा कक्षाका विद्यार्थीलाई मात्रै बोलाएर शारीरिक दुरी कायम गरी कक्षा सञ्चालनको तयारी गरेको उक्त विद्यालयका प्रधानाध्यापक अशोक लुईंटेलले बताए ।

‘स्थानीय तहले विद्यालयमा सञ्चालन गरेको क्‍वारेन्टाइन प्राथमिक स्वास्थ्य केन्द्रमा सार्न लगाएर कक्षा सञ्चालनको तयारीमा छौं,’ उनले भने, ‘कक्षा सञ्चालन गरेपछि विद्यार्थीहरुले अनिवार्य मास्क लगाएर आउनु पर्ने र विद्यालयले सेनिटाइजर र साबुन पानीको व्यवस्थापन गर्ने निर्णय गरेका छौं ।’ विपन्न, गरिब बालबालिकालाई विद्यालयले मास्कसमेत उपलब्ध गराउने तयारी गरेको लुईंटेलको भनाइ थियो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्