सल्यान । आइसोलेसन र क्‍वारेन्टाइनमा आयुर्वेदिक शिविर सञ्चालन गरिएको छ।  बिरामीको रोगसँग लड्ने क्षमता वृद्धि गर्न शिविर सञ्चालन गरिएको हो।  त्रिवेणी गाउँपालिका ४ फलावाङ माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा रहेका ४० जनाको समूहलाई योग अभ्यास पनि गराइएको आयुर्वेद शाखा सल्यानले जनाएको छ।

Advertisements

आइसोलेसन र क्‍वारेन्टाइनमा रहेको समय नकारात्मक विचार आउने भएकाले मानसिक र शारीरिक अवस्थामा सन्तुलनमा राख्न निःशुल्क शिविर चलाइएको योग प्रशिक्षक गीता वलीले बताइन्।  क्‍वारेन्टाइनमा बस्दा तनावमुक्त गर्न र शरीरमा प्रतिरक्षात्मक क्षमता बढाउन योग निकै प्रभावकारी हुने वलीको भनाइ छ। जिल्लाका विभिन्न क्‍वारेन्टाइनमा पुगेर योग शिविर सञ्चालन गरिने कार्यालयले जनाएको छ।  सल्यानमा एक हजार भन्दा बढी क्‍वारेन्टाइन र दुई आइसोलेसन बेड छन्। जसमा तीन हजार बढी नागरिक बस्छन्।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्