दबंगका निर्देशक अभिनव कस्यपविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको सलमान खानका भाई अर्बाज खानले बताएका छन्।

अभिनव कस्यप बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणपछि सलमान खान र उनका परिवारविरुद्ध आक्रमक बन्दै आएका छन्।

Advertisements

अभिनवले केही समय अगाडि सलमान खानको परिवारले आफ्नो भविष्य सिध्याउन खोजेको आरोप लगाएका थिए।

बलिउड नातावादले जेलिएको र उनीहरुले अरुले गरेर खाएको देख्न नसक्ने अभिनवको भनाइ छ।

हालै अभिनवले सलमान खानको ‘बिइङ ह्युमन फाउन्डेसन’माथि प्रश्न गरेका छन्। उनले सलमानको बिइङ ह्युमन फाउन्डेसन मानवतावादी कामको लागि नबनेको र त्यसले कालो धनलाई सेतो बनाउने काम गरेको आरोप लगाएका छन्।

अर्बाजले अभिनवविरुद्ध मुद्दा हालेको र चलचित्र संघमा पनि उजुरी दिएको बताएका छन्। एजेन्सी

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्