दाङ । आज सोमबार दाङमा १३ जना कोरोना भाइरस (कोभिढ १९) संक्रमित थपिएका छन् । उनीहरु सबै घोराही उपमहानगरपालिकाका रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा एक जना महिलासहित १२ जनामा संक्रमण पुष्टि भएको प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाश प्रसाद देवले जानकारी दिनुभयो ।

Advertisements

संक्रमितहरु घोराही उपमहानगरपालिका वडा नम्बर २ का १७, २२ र ३८ वर्षका पुरुषहरु रहेका छन् । त्यस्तै वडा नम्बर ३ का २३ र ३० वर्षका पुरुष, वडा नम्बर ५ का ३१ वर्षिय पुरुष रहेका छन् । सबैभन्दा धेरै घोराही ६ का ७ जनामा कोरोना पुष्टि भएको छ । यस वडाका १९ वर्षिया एक महिला सहित दुई जना २३ वर्षका पुरुष त्यस्तै १६, २५, ३२ र ३७ वर्षका पुरुष रहेको रजिष्टार देवले बताउनुभएको छ । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ८५ पुगेको छ ।

यसैबीच आज प्रतिष्ठानमा ३७७ नमूना परिक्षण गरिएको प्रतिष्ठानले जनाएको छ । जसमध्ये ३६४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। आज सम्म प्रतिष्ठानमा ९ हजार ८ सय ७६ नमुना परिक्षण गरिएको छ । जसमध्ये ४०९ जनाको रिपोर्ट पोजेटिप र ९ हजार ४ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अझै परिक्षण गर्न बाँकी ३ हजार ४सय ९२ रहेको छ ।

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्