डडेल्धुरा ।   सुदूरपश्चिममा सोमबार १ सय ३७ जना कोरोना संक्रमित  थपिएका छन्।  सोमबार धनगढी  र काठमाडौं प्रयोगशालामा गरिएको  परीक्षणमा यहाँका थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो। धनगढीमा ४१ र काठमाडौं प्रयोगशालामा भएको परीक्षणमा ९६ जनामा कोरोना पुष्टि भएको हो।

Advertisements

धनगढीमा गरिएको परीक्षणमा कैलालीका ५ महिला र १६ पुरुष गरी २१, भजनीका १ पुरुष, अछामका ३ महिला, २ पुरुष गरी ५ जना, डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका ३ पुरुष, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ३ महिला र १ पुरुष गरी ४ जना, बेदकोट नगरपालिकाका १ पुरुष, भीमदत्त नगरपालिकाका १ पुरुष, पुनर्वास नगरपालिकाका २ पुरुष र बझाङको बुगंल नगरपालिकाका १ महिला र २ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्