काठमाडौं : सुनको भाउ फेरि बढेको छ। आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisements

मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य तोलामा पाँच सय पाँच रुपैयाँले बढेर ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्