सप्तरी । सप्तरीमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा आमा छोराको मृत्यु भएको छ ।

Advertisements

पूर्वपश्चिम राजमार्ग अन्तर्गत खड्ग नगरपालिका ७ स्थित कल्याणपुर बजारमा स १ झ ७८७ नम्बरको जिपले आमा छोरा सवार स १० प ९०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

मृत्यु हुनेमा खड्ग नगरपालिका- ५ निवासी ६५ बर्षीया सुधनीदेवी देवी दास र ३७ बर्षीय वीरेन्द्र दास छन् । ठक्कर दिने गाडी कञ्चनरुप नगरपालिकाको हो । लहानबाट कञ्चनरुपतर्फ आउने क्रममा जिपले ठक्कर दिएको हो ।

प्रहरी प्रवक्ता भारतीका अनुसार मृत्यु भएकाको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र ठक्कर दिने जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्