डडेल्धुरा । डडेल्धुरामा क्वारेन्टाइन बसाइपछि घर गएका एक व्यक्तिको मृत्यु भएको छ। जेठ ९ गते भारतबाट फर्केर क्वारेन्टाइन बसेर घर गएका अजयमेरु गाउँपालिका–५ का २६ वर्षीय पुरुषको मृत्यु भएको हो। \

Advertisements

ती पुरुषको गएराति घरमा मृत्यु भएको अजयमेरु स्वास्थ्य शाखाका प्रमुख हिक्मत खडायतले पुष्टि गरे। गाउँपालिको वडा नम्बर ५ गाल नजिकैको क्वारेन्टाइनमा १४ दिन बसेपछि उनीसँगै आएका १९ जनाको आरडिटी गरिएको थियो। आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाएको केही दिनपछि मृत्यु भएको स्वास्थ्य शाखाका प्रमुख खडायतले बताए।  उनमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएकाले पिसिआर नगरी आरडिटी मात्रै गरेर घर पठाएको थियो।

स्थानीयले उनकाे परम्परागत रुपमा दाहसंस्कार गरिसकेको जनाएका छन्। अजयमेरु गाउँपालिका–५ मा अहिलेसम्म कोराना संक्रमण देखिएको छैन।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्