बुटबल–बुटवल-१० रामनगरमा गए राति भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।

Advertisements

दुर्घटनामा बुटवल-११ कालिकानगरका २१ वर्षीय सुशील कुँवर र सियारी गाउँपालिका-६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रामनगरमा बिग्रिएर रोकिराखिएको ना ६ ख ६२४ नम्बरको ट्रकमा  पूर्वबाट पश्चिमतर्फ गइरहेको बा १४ च ६८७९ नम्बरको  सामान ढुवानी गर्ने सानो गाडी ठोक्किँदा घाइते भएका युवक दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्