काठमाडौँ — भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार बिहानसम्म कोरोना संक्रमितको संख्या ५ लाख ८ हजार ९ सय ५३ पुगेको छ ।

Advertisements

पछिल्लो २४ घण्टामा मात्रै भारतमा १८ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ३ सय ८४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार ६ सय ८५ पुगेको छ ।

भारतमा लकडाउन खुकुलो गरिएसँगै संक्रमण पनि बढिरहेको छ । जनस्वास्थ्यविद्हरुले अनुसार जुलाई अन्तिमसम्ममा भारतमा संक्रमितको संख्या १० लाख पुग्ने अनुमान गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट भारतको महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित भएको छ । शनिबार बिहानसम्म महाराष्ट्रमा एक लाख ५२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै महाराष्ट्रमा ७ हजार एक सय ६ जनाको मृत्यु भएको छ भने करिब ८० हजार निको भएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्