रुपन्देही — कोरोना ‘हटस्पट’ प्रदेश ५ का क्वारेन्टाइन धमाधम रित्तिन थालेका छन् । परीक्षण रिपोर्ट आउन ढिलाइ हुन थालेपछि स्थानीय तहले आरडीटी गर्दै घर पठाउन थालेका छन् । त्यसले तत्काल लक्षण नदेखिए पनि समुदायमा जोखिम बढाइरहेको छ ।

Advertisements

पछिल्लो दुई सातामा तराईका जिल्लामा संक्रमितको संख्या घट्दा र पहाडमा तीव्र दरमा बढिरहेको छ । बिहीबार पाल्पामा मात्र १ सय २४ जनामा संक्रमण देखिएको थियो । शुक्रबार पाल्पामा २१, गुल्मीमा १२ र प्यूठानमा ७ जना थपिएका थिए ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार साँझसम्ममा प्रदेशका १२ जिल्लाबाट आरडीटी परीक्षणकै भरमा ६३ हजार ५ सय ७७ जना क्वारेन्टाइनबाट घर फर्किएका छन् । स्थानीय तहका स्वास्थ्य संयोजकले होम क्वारेन्टाइनमा बस्ने गरी १४ दिन बिताएकालाई आरडीटी नेगेटिभ आएपछि घर पठाउने गरेका हुन् । आरडीटीकै भरमा घर पुग्नेमा सबैभन्दा धेरै बर्दियाका छन् । बर्दियाका स्थानीय तहले ११ हजार ६२ जनालाई घर पठाएका छन् । कपिलवस्तुका १० हजार ७ सय १२, बाँकेका ८ हजार ९३ र रूपन्देहीका ७ हजार ८ सय ९४ जना आरडीटी नेगेटिभ आएकै भरमा घर पुगेका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्