दाङ । महिलालाई नांगै बनाएर एक्सरे गरेको आरोपमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
घोराहीको लुहासपुरस्थित गोरखा हस्पिटलमा छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई नांगै बनाएको आरोपमा सोही अस्पतालको रेडियो ग्राफिक्समा काम गर्ने नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisements

दाङ प्रहरीका प्रवक्ता डीएसपी स्मित खड्काका अनुसार महिलाका श्रीमान्ले ती स्वास्थ्यकर्मीले आफ्नी श्रीमतीलाई छातीको एक्सरे गर्दा नांगै बनाएको भन्दै उजुरी दिएका थिए ।

डीएसपी खड्काका अनुसार उजुरीमा छातीको एक्सरे गर्दा छातीको भागका कपडाका साथै कम्मर मुनी समेत कपडा खोल्न लगाएर नांगै बनाएको उजुरी परेको छ । स्वास्थ्यकर्मीमाथी छानविन भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्