दाङ । शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष फर्साराम डाँगीलाई प्रतिबन्धित विप्लव समूहबाट कुटिएका छन् ।

Advertisements

मुखुण्डो लगाएर चारजनाको समुहमा आएका विप्लवका कार्यकर्ताले कार्यकक्षमै चिर्पटले टाउकोमा हानेर गम्भीर घाइते बनाएका छन् । कार्यलय परिसरमा विप्लव समुहको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । कुटपिटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्