कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ ।

Advertisements

जिल्लाको गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षीया महिलाको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले जानकारी दिए ।

भारतबाट जेठ २६ गते श्रीमान‍्‍सँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या रहेको नगर प्रमुख साउदले बताए । ‘स्थानीय तहले तयार गरेको क्वारेन्टिनमा बसेर घरमा गएको एक सातापछि उनको मृत्यु भएको हो’ साउदले भने ।

उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ र रिर्पाेट आएपछिमात्रै शव व्यवस्थापन गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्