काठमाडौं । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाराका सव-इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल घुससहित पक्राउ परेका छन् ।

Advertisements

नदी तटबन्धको लागि जाली लगाउने कार्यको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग ८० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

सव-इन्जिनियर जैसवालले घुस मागेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

घुस रकम लिएर आफूसँगै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा दुवै जनालाई कलैया नगरपालिका–४ बाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्