दाङ । अनेरास्ववियुको केन्द्रीय अनुशासन आयोगका सदस्य बीरवल खड्कालाई प्रहरीको नियन्त्रणमा परेका छन् ।

Advertisements

तत्कालीन एमाले अखिलका महेन्द्र बहुमुखी क्याम्पस ईकाइ कमिट अध्यक्ष गोविन्द बस्नेतले खड्काले आफूलाई बलजफती बजारबाट पार्टी कार्यालयमा बन्धक बनाई मानसिक यातना दिएको भन्दै इप्रका तुलसीपुरमा उजुरी दिएपछी खड्का प्रहरी नियन्त्रणमा परेका हुन् । आइतबार उजुरी परेपनि खड्का भाग्दै आएका थिए ।

खड्काले आफै इप्रकामा जाने बताएपनि गएका थिएनन् । इप्रका तुलसीपुका प्रमुख शिव सिंहले खड्कालाई फोन गरेर आफैँ इप्रकामा आफैँ हाजिर नभए पक्राउ गरेर थुन्ने बताएपछी उनी आफैँ केहीबेर अघी इप्रका पुगेका छन् । अहिले प्रहरीले खड्कासँग घटनाका बारेमा केरकार गरिहेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्