दाङ । आफ्नै कार्यकर्ताको अपरहण तथा शरीर बन्धकको आरोप लागेका अनेरास्ववियुको केन्द्रीय अनुशासन आयोगका सदस्य बीरवल खड्काले आगामी दिनमा अपराधिक गतिबिधी नगर्ने बताएका छन् ।
तत्कालीन एमाले अखिलका महेन्द्र बहुमुखी क्याम्पस ईकाइ कमिटी अध्यक्ष गोविन्द बस्नेतले खड्काले आफूलाई बलजफती बजारबाट अपहरण गरी पार्टी कार्यालयमा बन्धक बनाएको उजुरी दिएका थिए । उजुरीपछी भाग्दै हिडेका खड्काले आफैँ नआए प्रहरीले पक्राउ थुन्ने सन्देश दिएपछी उनी आफैँले आत्मसमर्पण गरेका थिए । उनले आत्मसमर्पण गरेपछी प्रहरीले दुवै पक्षबीच छलफल गराएको थियो । छलफलका क्रममा अपहरणका आरोपी खड्काले गल्ती गरेको स्वीकार गरी आगामी दिनमा अपराधिक गतिबिधी नगर्ने भन्दै माफी दिन आग्रह गरेका थिए ।
प्रहरी कार्यालयमा उपस्थित भएर माफी मागेकाले एक्पटकलाई माफ दिएको उजुरीकर्ता बस्नेतले बताए । प्रहरीले खड्कालाई आगामी दिनमा अपराधिक गतिबिधी नगर्ने लिखित कागज समेत गराएको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्