काठमाडौं : सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ तोकेको छ।

Advertisements

सोमबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो। यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ३९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँ पुगेको छ। चाँदीको भाउ एकै दिन तोलामा ४० रुपैयाँले बढेको छ। महासंघले आज (मंगलबार) का लागि तोलाको एक हजार ४० रुपैयाँ तोकेको छ। चाँदी सोमबार तोलाको हजार रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्