रोल्पा । गंगादेव गाउँपालिकामा फेरि जग्गा खरिद प्रकियामा अनियमितता भएको पाइएको छ । नेपाल सरकारले आधा घण्टाको दुरी अर्थात प्रत्येक वडा एक स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्य अनुसार यस बर्षमा ३ वटा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेको हो । यसै मध्यको वडा न ३ मा जग्गा खरिद प्रक्रिया र उपभोक्ता समिति गठन प्रक्रियामा अनियमितता भएको पाइएको हो ।

Advertisements

स्वास्थ्य केन्द्र स्थापनाको कार्यविधि अनुसार कार्यपालिकाको निर्णय गरेर टुङ्याउनु पर्नेमा – यहाँ त्यसो नभएको पाइएको छ । वडाध्यक्ष जलेश कुमार केसीले आफुलाई सहयोग गर्ने नेकपा पार्टी कार्यक्रताको निर्देशन अनुसार विधि र प्रक्रियालाइ मिच्दै जग्गा खरिद गरेका छन् ।

वडा कार्यालयको चलानी नगरिएको, कुनै पत्रपत्रिकामा सुचना प्रकाशित नगरिएको सुचना अनुसार परेका निबेदनमा भौगोलिक अध्ययन नगरेरै जग्गा पास गरेको गुनासो निकेदक मोहनलाल वलीले गरे । ‘मैले मेरो घरबारीको जग्गा निःशुल्क दिन्छु भनेर निबेदन दिएको हुँ ।’ उनले भने,‘कुनै छानबिन पनि भएन। स्वास्थ्यको नाममा पास गरिसके भन्न सुनेको छु ।’
उनका अनुसार गंगादेव गाँउपालिका वडा नं ३ का बस्ने टेकम प्रसाद वलीले जग्गा दिएका छन । निःशुल्क जग्गा दिन्छु भनी निबेदन दिएका उनीले सामाजिक परम्परा अनुसार ४ लाख ९० हजार लिने सहमति गरेका छन् । यसको साँक्षी जिल्ला समन्वय समिति सदस्य लोकमान वली र सृजनशिल यूवा क्लबका अध्यक्ष भरत केसी रहेका छन् ।

स्रोतका अनुसार जग्गा उपलब्ध गराउने टेकम प्रसाद वली मदिरा सेवन गरि समाजमा गोप्य सहमतिको उजागर गरेका छन । जग्गाको पैसा जिसस सदस्य लोकमान वली र वडा अध्यक्ष जलेश कुमार केसीबाट असुल्ने बताउँदै आएका छन । उनले मसँग सहमति गरे अनुसारको रकम जिल्ला समन्वय समिति सदस्य लोकमान वली, वडाध्यक्ष जलेश केसी, स्थानिय भरत केसी र स्थानिय शिक्षक शेरबहादुर वली बाट लिएरै छाड्ने बताउदै आएका छन । सरकारी नियम अनुसार जग्गा खरिदको पैसा कहाँ कुन श्रोतबाट दिने हो सो निर्णय कतैपनि भएको देखिदैन ।

एक बिश्वस्त स्रोतका अनुसार वडा अध्यक्ष जलेश केसीको निर्देशनमा जिसस सदस्य लोकमान वलीले नेकपाका केही वडा स्तरका कार्यक्रतालाई राखेर गरेको सहमति अनुसार आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणमा कम गुणस्तरको काम गर्ने, त्यसबाट बच्ने रकमको किर्ते कागतजात तयार गरि भूक्तानी लिने र त्यसरी मिलाएको रकमबाट जग्गाको पैसा तिर्ने सहमति गरेको बताए । उनका अनुसार नेकपाले जग्गा सिफारिस समितिको लागि लोकमान वलीको संयोजकत्वमा ३ सदस्य समित गठन गरेको थियो ।

यो गतिबिधि भएको जानकारी भए पश्चात नेपाली कांग्रेस गंगादेव गाउँपालिकाले वडा नं ३ मा बैठक बसि आपत्ति जनाएको थियो । यस्तो अनियमितता रोक्ने वचन दिएका वडा अध्यक्षले आफै सिफारिस उपलब्ध बनाइ जग्गा पास गरेका छन् ।
यसबारेमा लोकमान वलीलाइ बुझ्दा पार्टी कार्यक्रताको चाहाना अनुसारको जग्गा छनौट समितिको संयोजक जिम्मेवारीको हैसियतले जग्गाको मूल्य भएको साँचो हो तर, पास गरे भन्ने सुनेको र बाँकी कुरा जानकारी नभएको उनले बताए ।
कार्यपालिकामा कुनै निर्णय नभएको र प्रक्रियामा नगएको यस जग्गा प्रकरणलाइ वडा अध्यक्ष जलेश केसी भने प्रकिया अनुसार जग्गा खरिद गरेको दाबि गर्दै आएका छन । उनले भने,‘स्थानिय बुद्धिजीवीले वडा अध्यक्षले पदको दुरुपयोग गरेको बताउदै आएका छन ।

योजना सफल बनाउन भेला नगरेरै उपभोक्ता समिती तयार
गंगादेव गाउँपालिका वडा नं ३ मा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणकोलागि अनियमितता गर्नकोलागि सामुदायमा भेला नगरेरै समिति गठन गरेका छन । गठित समितिका अध्यक्ष भरत केसीले केही ब्यक्तिको घरघरमा गई हस्ताक्षर बनाएको र केही ब्यक्तिको कृत्य हस्तक्षर बाट समिति निर्माण गरि सम्झौता गरेको खुल्न आएको छ ।

योजनामा अनियमित गरि पैसा असुल्ने र जग्गाको पैसा भूक्तानि गर्ने भएको सहमति अनुसार जिसस सदस्य लोकमान वलीको उपस्थितिमा उपभोक्ता समिति निर्माण निर्णय पुस्तिका तयार गरि सम्झौता गरिएको छ भने भवन निर्माणको उपभोक्ता समिति कसरी भयो सम्बन्धित वडामा कसैलाइ पनि जानकारी छैन । यस बारेमा नेपाली काग्रेस गंगादेव गाँउपालीका प्रतिनिधिले गाँउपालिका अध्यक्ष समक्ष कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको बताए । उल्टै प्रतिपक्षको जिम्मेवारी बिरोध मात्र गर्ने होइन सहयोग पनि गर्नुपर्ने सुझाए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्