काठमाडौं । स्याङ्जामा बुधबार बिहान पहिरोले एक घर बगाउँदा आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् ।

Advertisements

घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारुको मृत्यु भएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले बताए । उनकी २० वर्षीया छोरी नारायणी सारु भने घाइते भएकी छन् । नारायणीलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात थप उपचारका लागि पोखरास्थित मोडल अस्पताल पठाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्