वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ११ लाख मूल्य बराबरको अवैध सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

Advertisements

वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट बरामद गरिएका खाद्यान्न, लताकपडा र मोटर्स पार्टसका सामानहरु प्रहरीले भन्सारको जिम्मा लगाएको हो ।

गैर कानुनी तवरले नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ ओसारपसार गरिरहेको अवस्थामा साउन ४ गते बरामद गरिएको अवैध सामान भन्सार बुझाइएको प्रहरीको भनाइ छ ।

साउन ४ गते बरामद गरिएको अवैध समान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्साका प्रहरी प्रवक्ता एव‌ं प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरले बताए ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्