दाङ । आफ्नै गाउँकी वृद्धालाई बलात्कारको प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ की एक ५६ बर्षिया महलिालाई गत बैशख १ गते राती १२ बजे उनकै घरमा गई बलात्कारको प्रयास गरेका सोही ठाउँका ४४ बर्षिय पुरुष खीम्बहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisements

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार उनी यसअघी फरार थिए । उनलाई प्रहरीले समउन ६ गते पक्राउ गरेको हो । उनलाई जबर्जस्ती करणी उद्योगमा कार्वाही गरिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्