निर्वाचन आयोगले सरिता गिरीको ठाउँमा लिला सिटौलालाई सांसद निर्वाचित गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले गिरीलाई हटाउने निर्णय बारे अन्तरिम आदेश नदिए पछि सोमबार बिहान बसेको आयोगको बैठकले सिटौलालाई सांसद बनाउने निर्णय गरेको हो।

Advertisements

सिटौला गिरीको ठाउँमा खस–आर्य समूहबाट सांसद निर्वाचित भएकी हुन्। पार्टीको केन्द्रीय कार्यकारिणीको बैठकको निर्णयअनुसार, आयोगले सिटौलालाई सांसद निर्वाचित गराउने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले बताए। उनले भने, “अदालतले बाटो खोलिदियो, पार्टी निर्णयअनुसार लिला सिटौला सांसद बन्नु भएको छ।”

सिटौलालाई सांसद पदमा निर्वाचित गराएको जानकारी आयोगले संसद सचिवालयलाई समेत दिइसकेको छ। स्रोतका अनुसार, सिटौलाको भोलि वा पर्सी शपथ गराउने तयारी भएको छ।

नेपालको नयाँ नक्सा संविधानको अंग बनाउन संघीय संसदमा भएको मतदानमा गिरीले पार्टी निर्णय अवज्ञा गरेकी थिइन्। नयाँ नक्सा समेट्न संविधान संशोधनको पक्षमा उभिने निर्णयको अवज्ञा गर्दै गिरीले पुरक संशोधन प्रस्ताव समेत दर्ता गराएकी थिइन्। तर, सभामुखले उनको प्रस्ताव खारेज गरिदिए।

समाजवादी पार्टीले सरिता गिरीले पार्टीको ह्वीप समेत अवज्ञा गरेको भन्दै पार्टी र सांसदबाट निष्कासन गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्