काठमाडौँ — नेपाली बजारमा सुनको भाउ बुधबार पनि बढेको छ ।  बुधबार छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो । मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९८ हजार ६५ रुपैयाँ पुगेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisements

बुधबार चाँदीको भाउ भने घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको हो ।

नेपाली बजारमा एक वर्षमै सुनको भाउ करिब ३३ हजारभन्दा बढीले बढेको छ । गत वर्षको साउन १२ गते नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कायम भएको थियो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्