एजेन्सी–भारतले फ्रान्सबाट किनेको ५ वटा राफेल लडाकू विमान आज भारत आइपुग्दैछ।फ्रान्सबाट ३६ वटा लडाकू विमान किनेकोमा पहिलो खेपअन्तर्गत ५ वटा विमान भारत आउन लागेको हो। विमान फ्रान्सबाट युएई हुँदै भारतको अम्बालास्थित एयरबेसमा उत्रनेछ। राफेल विमानलाई भारतीय वायुसेनाको ‘गोल्डेन ऐरो १७ स्क्वाड्रन’ मा सामेल गरिने बताइएको छ। यसले कार्गिल युद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्