सुनको मूल्य रु. १ लाख नाघ्दै नयाँ रेकर्ड कायम भएको छ। छापावाल सुनको मूल्य बुधबार रु. १ लाख १ हजार ४०० र तेजाबी सुनको मूल्य रु. १ लाख ९०० पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुनको मूल्य एकैदिन एक हजार ६०० रुपैयाँ र तेजाबीको मूल्य एक हजार ५३५ बढेको हो।

Advertisements

कोभिड-१९ महामारीका कारण लगानीका सबै ठाउँ प्रभावित भएको र सुनलाई सुरक्षित क्षेत्र मान्दै लगानी धेरै हुँदा मूल्य बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन्। उनी भन्छन्, “विश्व बजारमै ब्याङ्कहरुले बचत रकमको ब्याजदर घटाइरहेकाले सुनमा लगानी गर्ने क्रम बढ्यो, ठूला देशहरुका कतिपय ठूला ब्याङ्कहरुले समेत सुन मौज्दात राख्न थालेका छन्।”

सुनको भाउ अझै बढेर रु. १ लाख ३० हजारसम्म पुग्न सक्ने उनको आकलन छ।

सुनको मूल्य बढ्दै जाँदा नेपाली बजारमा सुनको किनबेच नगन्य मात्रामा भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तीन वर्षमा सुनको भाउ प्रतितोला रु. ४५ हजार बढेको देखिन्छ। २०७५ सालमा आजकै दिन छापावाल सुनको मूल्य प्रतितोला रु. ५६ हजार २०० थियो भने गएको वर्ष रु. ६८ हजार पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तीन वर्षमा प्रतितोला झण्डै दोब्बरले बढेको महासंघको तथ्यांकले देखाउँछ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्