काठमाडौँ — नोबेल शिक्षण अस्पताल विराटनगरका आकस्मिक सेवाका ५५ जना नर्सले सामूहिक राजीनामा दिएका छन् ।

Advertisements

कोरोना महामारीको समयमा मेडिकल कलेजले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको प्रबन्ध नगरेको, पारिश्रमिक नियमित रूपमा उपलब्ध नगराएको तथा न्यूनतम पारिश्रमिकमा काम गर्दै आए पनि १५ दिन घरमै बस्न लगाउने गरेकाले सामूहिक राजीनामा दिन बाध्य भएको नर्स सन्ध्या रिजालले बताइन् ।

मेडिकल कलेजका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइएको दाबी गरे । नोबेलका चिकित्सकसहित २७ स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्