धरान । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ ।

Advertisements

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएकी धरान उपमहानगरपालिका-१७  की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।

आमाको बिहान ८ : ३० र छोराको ७ :४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

आमाछोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझमात्रै प्रतिष्ठानमा भर्ना भएका थिए ।

मृतक दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्