काठमाडौं । लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्न चाहने अमेरिकी कम्पनीहरुको सूचिमा दिग्गज खुद्रा व्यापार कम्पनी वालमार्टसमेत थपिएको छ ।

Advertisements

टिकटकको अमेरिकी व्यवसाय खरिद गर्नका लागि यसअघि माइक्रोसफ्टले छलफल अगाडि बढाइसकेको छ । त्यस्तै ट्वीटरले समेत टिकटक खरिद गर्ने मनसाय बनाएको खबर आएको थियो ।

बीबीसीसँगको कुराकानीमा वालमार्टका अधिकारीले अमेरिकास्थित चिनियाँ भिडियो शेयरिङ एप टिकटक आफूले खरिद गरेमा त्यसको सञ्चालन विस्तारका लागि सहज हुने बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै टिकटकले ९० दिनभित्र अमेरिकामा आफ्नो अमेरिकी शाखा कुनै पनि अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्नेछ । अन्यथा अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ । अमेरिकामा टिकटकको भविष्य अनिश्चित बनिरहेका बेला गत बिहीबार कम्पनीका प्रमुख कार्यकारीले राजीनामा दिइसकेका छन् ।

टिकटकको अमेरिकी शाखा खरिदको लागि छलफल अगाडि बढेको कुरा पुष्टि गर्दै वालमार्टका प्रवक्ताले भनेका छन्, ‘हामीलाई आशा छ वालमार्ट र माइक्रोसफ्टको साझेदारीले अमेरिकी टिकटक प्रयोगकर्ताहरुको अपेक्षा पूर्ति गर्नेछ र अमेरिकी सरकारी नियामकहरुको चासोसमेत सम्बोधन गर्नेछ ।’स्रोत : बीबीसी

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्