दाङ । निजी प्राविधिक शिक्षालयलाई प्रतिकुल हुने गरि राष्ट्रिय चिकित्सा आयोगले गरेको निर्णयका विरोधमा निजी प्राविधिक शिक्षालयहरु जुटेका छन ।                                        आयोगले निजी प्राविधिक शिक्षालयहरुले स्वास्थ्य शिक्षा कार्यक्रमहरु अन्तरगत टिएसएलसी तहमा भर्ना नलिने निर्णय गरेकोप्रति प्रविधिक शिक्षालयहरुले असुन्तुष्टि प्रकट गर्दे निर्णय सुधारको माग समेत गरेका छन ।
आयोगले चिकित्सा शिक्षा ऐन भन्दा फरक निर्णय गरेको भन्दै सच्याउन आग्रह सहितको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएका छन । निजी प्राविधिक शिक्षालयहरुको संगठनका प्रदेश सचिव दोर्ण बहादुर ओलीको अगुवाईमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । जिल्लामा सञ्चालित शिक्षालयहरु र प्रदेश सचिवको हस्ताक्षर भएको ज्ञापन पत्र बुझाइएको हो । निर्णय सच्याउन माग गर्दे दाङका प्रजिअ मार्फत ज्ञापन पत्र बुझाएका छौ, प्रदेश सचिव ओलीले भने, माग सुनुवाई हुन्छ भन्ने अपेक्षा छ । आयोगको निर्णय कार्यान्वयन हुने अवस्था पनि अहिलेकै चरणमा हुन नससक्ने ओलीको भनाई छ ।
शैक्षिक सत्र २०७७/७८को नविकरणको लागि सिटिइभिटीले आवश्यक दस्तुर समेत जम्मा गराइसकेको यो अबस्थामा आएको खारेजीको निर्णयले शिक्षालय मात्रै हैन विद्यार्थीहरु समेत मारमा परेको ओलीले तर्क गरे । कोरोना महामारीको बिचमा सम्बन्धित सरोकारवालहरुसंग छलफल नै नगरी कार्यक्रम बन्द गराउने निर्णय प्रति गम्भीर ध्याकर्षण र आपत्ती रहेको ओलीले बताए । ऐन अनुसार स्तरउन्नति गर्नुपर्ने भएपनि आयोगले बन्द गराउने निर्णय गरेकोले उक्त निर्णयलाई सच्याउन उनले आग्रह समेत गरे । ६२ ओटा जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यलयलाई पत्र पठाइएको छ । ज्ञापन पत्रका दाङका सात वटा शिक्षालयहरुको हस्ताक्षर गरेको छ ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्