चितवन । मकवानपुर हेटौंडाका एक कोरोना संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ ।

Advertisements

चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ कि ५२ बर्षीषा महिलाको मृत्यु भएको हो ।

निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण १९ पुष्टि भएको थियो ।अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

मृतक महिलाको अवस्था गम्भीर भएपछि बिहीबार राति डा.शितल अधिकारी र डा.दयाराम लम्सालको टिमले प्लाज्मा थेरापी बिधिबाट उपचार सुरु गरेको थियो ।

चितवनमा कोरोनाबाट हालसम्म २१ जनाको मृत्युु भइसकेको छ । मृतक चितवनका ११ जना छन् भने बाँकी अन्य जिल्लाका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्