पोखरा — गण्डकी प्रदेशका प्रहरीप्रमुख डीआईजी घनश्याम अर्याललाई कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गरिएकोमा आइतबार उनको रिपोर्ट पोजिटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।

Advertisements

अर्याल हाल प्रदेश प्रहरी कार्यालयकै क्वार्टरमा छन् । उनमा स्वास्थ्य अवस्था सामान्य नै रहेको निर्देशक शर्माले जानकारी दिए ।

५२ वर्षीय अर्यालसँगै अर्का २५ वर्षीय प्रहरीमा समेत कोरोना पुष्टि भएको छ । यसअघि नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएको थियो ।

गण्डकी प्रदेशमा आइतबार बिहान मात्रै ६९ जनामा कोरोना संक्रमित थपिएका छन् । हालसम्म प्रदेशमा संक्रमितको संख्या २ हजार ५ सय १७ पुगेको छ । संक्रमित १९ जनाको निधन भएको छ । १ हजार ७ सय ७३ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्