बहिनीको पहिलो महानवारीमा सेनेटरी प्याड उपहार दिँदै नवलपरासीका समीर परियार।

नवलपरासी । नवलपरासीका एक युवाले बहिनीको पहिलो महिनावारीमा केक काटेर खुशीयाली मनाउँदै उपहार दिएका छन्। ‘गिफ्ट फर गर्ल्स’का अभियन्तासमेत रहेक समीर परियारले बहिनीको पहिलो महिनावारी भएको अवसरमा  केक काटेर खुशीयाली मनाए।

Advertisements

उनले बहिनीलाई सेनेटरी प्याड उपहार दिँदै गरेको भनेर स्टेटस लेखेर सामाजिक सञ्जाल फेसबुकमा फोटो राखेका छन्। त्यो फोटो राखेपछि उनलाई धेरैले सकारात्मक प्रतिक्रिया दिए पनि केही चिनेकै र आफन्तहरूले भने नकारात्मक टिप्पणी पनि गरेको परियाले सुनाए। तर, उनी यस्तो प्रक्रियालाई सामान्य मान्छन्।

“यस्तो विषयमा सबैबाट सकारात्मक प्रतिक्रिया आउँछ भन्ने अपेक्षा हामीले गरेका हुँदैनौं, हिमालखबरसँग टेलिफोनमा परियारले भने, “हामीसँगै अभियानमा काम गर्ने केटी साथीहरू महिनावारी हुँदा गिफ्ट दिने अभियान शुरूआत गरौं भनेर प्याड उपहार दिन्थ्यौं, आफ्नै बहिनी महिनावारी भइन्, उनलाई उपहार दिनु पाउनु ठूलो कुरा हो।”

देशकै पहिलो बालमैत्री नगरपालिका सुनवलका परियार एक दशक अघिदेखि बालक्लबमा आवद्ध हुँदै अहिले बालअधिकारको क्षेत्रमा काम गर्दै आएका छन्। बालिकाहरू किशोरी अवस्थामा पुग्दै गर्दा महिनावारी हुने तर, त्यसलाई लुकाउने र त्यो समयमा विभेद गर्ने भएकाले मर्यादित महिनावारी अभियानमा समेत आफू जस्तै युवाहरू लागिरहेको उनले बताए।

परियार भन्छन्, “महिनावारीलाई लुकाएर राख्ने र विभेद गर्नुहुँदैन भन्ने हाम्रो अभियान नै छ, आफ्नै बहिनीको पहिलो महिनावारीमा हामीले खुशीयाली मनाएका हौं।”

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्