काठमाडौं । सरकारले विद्युतीय विद्युतीय (ई) बोलपत्र गर्ने वेबसाइट  बोलपत्र डट जीओभी डट एनपी मार्फत टेन्डरमा भाग लिएका कम्पनीले अपलोड गरेका फाइलमा आएका प्राविधिक समस्या सल्ट्याएको छ । डाउनलोड हुन र खुल्न नसकेका बोलपत्रका फाइलहरुको रिकभर भएका हुन् ।

Advertisements

यो सँगै विवादित काँकडभिट्टा-इनरुवा खण्डको रेल्वे टेन्डरको आर्थिक प्रस्ताव खोल्ने बाटो पनि खुलेको छ । वेबसाइटबाट फाइल डाउनलोड नहुने समस्या आएपछि सरकारले हतार-हतार लगाउन लागेको रेलको ठेक्काको भविष्य पनि अनिश्चित बनेको थियो ।

तर, सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओे)का प्राविधिकहरुले झण्डै डेढ हप्ता लगाएर समस्या समाधान गरेपछि रेलमर्गको ठेक्का मूल्यांकनको प्रक्रिया अघि बढ्ने अवस्था आएको हो ।

अहिले पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत काँकडभिट्टा-इनरुवा खण्डका लागि गरिएको ठेक्काको बोलपत्रहरूको प्राविधिक मूल्याङ्कन चलिरहेको छ । मिलेमतोमा १८ वटा कम्पनीमात्रै सहभागी हुन सक्ने गरी निकालिएको टेन्डरको प्राविधिक मूल्याङ्कन केही दिन भित्रै सक्ने तयारीमा विभाग छ । यो ठेक्कामा तीनै १८ कम्पनीसँगै ज्वाइन्ट भेन्चर गराएर केही अन्य कम्पनी पनि सहभागी गराइएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्