प्रकाश न्यौपाने

Advertisements

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका–११, छोटट्कीगुम्बीका बैरागी चौधरी एनआईसी एशिया बैंक देवदह शाखामा व्यवसायिक कृषि खेती गर्नका लागि ऋण (लोन) निकाल्न पुगे। तर, लालपुर्जा नहुँदा पाएनन्। कारण, उनको घरसहित २ कठ्ठा जमिन गाउँ बल्कभित्र पर्छ र लालपुर्जा छैन।

वि.सं. २०१९ सालमा जग्गा ऐन र वि.सं. २०२१ सालमा भूमि सम्बन्धी ऐन बनेपछि देशभर जग्गा नापजाँच सुरु भएको थियो। सुरुमा नापी हुँदाको समयमा विभिन्न जिल्लाहरुमा रहेका घनावस्ती भित्रका प्रत्येक जग्गाधनीका कित्तालाई छुट्टाछुट्टै नापजाँच नगरी त्यस्ता क्षेत्रलाई पछि नापजाँच गर्ने गरी एउटै ब्लक कायम गरिएको थियो। यसरी गाउँ ब्लक भनेर छाडिएका जमिनको नापजाँच नहुँदा जग्गा धनीले अझैसम्म पुर्जा पाएका छैनन्।

पुर्जा नभएकै कारण चौधरीले बैंकबाट लोन नपाउँदा व्यसायिक कृषि खेती गर्ने उनको सपना यत्तिकै तुहिएको हो।

रुपन्देहीमा वि.सं.२०२५ सालमा जग्गा नापजाँच भएको थियो। ‘कयौंपल्ट बैंक धाएँ, पुर्जा नहुँदा लोन निकाल्न पाइँदैन भनेर फर्कायो’, उनले भने, ‘५२ वर्षसम्म पनि पुर्जा नपाउँदा हामी आफ्नै जमिन भएर पनि सुकुम्बासीसरह भएका छौं। केही गर्छौं भन्दा लोन नपाएकै कारण बञ्चित भयौं।’

उनी मात्रै होइन, छोट्कीगुम्बीकै भगवति थारुले छोरीलाई ल्याव पढाउन आर्थिक अभाव भएपछि कृषि विकास बैंकमा लोन निकाल्न गए। पुर्जा नहुँदा उनले पनि लोन पाएनन्।

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्