काठमाडौँ — प्रहरीले गैरकानुनी रुपमा भित्र्याइएको १२ हजार ९ सय  थान लागुऔषध (फर्मास्युटिकल ड्रग्स)सहित तीन जनालाई पक्राउ गरेको छ ।

Advertisements

महानगरीय अपराध महाशाखाको टोलीले मुख्य कारोबारी शंकर खड्का र लागुऔषध बोक्न प्रयोग गरिएको ना ३ ख ९८९ नम्बरको ट्रकसहित विष्णु प्रधान र डम्बर प्रधानलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार विष्णु र डम्बर भक्तपुरको सल्लाघारी र शंकर खड्कालाई बुढानीलकण्ठबाट पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्