काठमाडौं-नेसन्स लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन पोर्चुगलले लगातार दोस्रो जित हात पारेको छ। स्वीडेनमाथि जित निकाल्ने क्रममा कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी सय गोल पूरा गरे।घरेलु टोली स्वीडेनमाथि बुधबार विहान भएको खेलमा पोर्चुगलले २-० गोलको जित निकाल्यो।

Advertisements

पोर्चुगलको जितमा दुबै गोल रोनाल्डोले गरे। ४४औं मिनेटमा १० खेलाडीमा सीमित बनेको स्वीडेनमाथि ४५औं मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रोनाल्डोले सय गोल पूरा गरेका थिए।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्