नेपालगञ्ज : राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा कर्मचारी नहुँदा नहर निर्माणको काम प्रभावित भएको छ। शाखा नहर निर्माण हुने क्षेत्रमा पर्ने जग्गाको पहिचान गरी अधिग्रहण गर्ने, मुआब्जा रकम निर्धारणका लागि आबश्यक कागजपत्रहरु तयार पार्ने जस्ता प्राविधिक काममा गर्ने अमिन तथा सर्भेक्षक नहुँदा काममा ढिलाइ हुने गरेको छ।

Advertisements

जग्गा अधिग्रहणको काम पछि निर्माण गर्नु पर्ने संरचनाहरुको डिजाइन इष्टिमेट तयार पार्न आवश्यक दुई सिनियर डिभिजनल इन्जिनियरको दरबन्दी पनि ६ महिनादेखि रिक्त छ। त्यसै गरी करिब साढे तीन अर्बको लागतमा निर्माण भएको सिक्टा सिंचाइ आयोजनाको हेडबक्स र त्यहाँ जडान गरिएका अत्याधुनिक प्रविधिसहितको कन्ट्रोल रुम सञ्चालनका लागि आवश्यक पर्ने मेकानिकल इन्जिनियरको दरबन्दी पनि वर्षाैंदेखि रिक्त छन्।

फिल्ड मै खटिएर काम गर्नु पर्ने अमिन, सर्भेयरदेखि सिनियर डिभिजनल इन्जिनियर नहँुदा कामले गति लिन नसकेको आयोजनाका प्रमुख लोकबहादुर थापाले बताउँछन्। प्राविधिक तथा दक्ष कर्मचारी नहुँदा बजेट उपलब्ध भए पनि नहरका सातवटा शाखा र ५० भन्दा बढी प्रशाखाको करिब १०० किलोमिटर लामो नहर निर्माणको काम प्रभावित भएको छ। पश्चिमी मुलनहरमा पर्ने गुरुवा गाउँ, डुडुवा, अकलघरुवा, गोहवा, पर्सेनीपुर र पीडारीतर्फ शाखा नहर निर्माण गर्नका लागि त्यस क्षेत्रमा पर्ने करिब १०० हेक्टर जमिन अधिग्रहण गर्नु पर्छ। दक्ष जनशक्ति नहुँदा गत वर्ष जग्गा अधिग्रहण र मुआब्जा वितरणको कामले गति दिन नसक्दा करिब १३ हेक्टर जग्गाको रेखांकन गरी मुआब्जा वापत १६ करोड रुपैयाँ वितरण भएको थियो। चालु आर्थिक वर्षमा शाखा तथा प्रशाखा निर्माण हुने क्षेत्रमा पर्ने ६० हेक्टर जमिन अधिग्रहण गरी करिब एक अर्ब रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ।

तर, जनशक्ति अभावले जग्गाको जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा शाखा तथा प्रशाखा निर्माणको लागत बढ्नुका साथै नहर निर्माणमा ढिलाइ हुने देखिएको छ। आयोजनाका लागि तत्काल तीनजना अमिन र एकजना सर्भेक्षक आवश्यक छ। सिक्टाको पश्चिम मुल नहर निर्माणमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मंसिर २१ मा नहर निर्माणमा संलग्न पूवर्् आयोजना प्रमुखसहित ११ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो। अख्तियारको निगरानीमा परेको र धेरै कर्मचारीहरुविरुद्ध मुद्दा चलिरहेका कारण सिंचाइ विभागका धेरै जसको कर्मचारीहरु सरुवा भएर सिक्टा सिंर्चा आयोजनामा आउन नचाहेको बताइन्छ।

सरुवा भएर आए पनि मन लगाएर कामै नगर्ने प्रवृत्ति बढ्दै गएका कारण नहर निर्माणको कामले गति लिन स्थानीयको आरोप छ। नहर निर्माणको काम जति सक्यो छिटो सम्पन्न गरेर किसानको खेतबारमिा पानी पुर्याउनेतर्फ सरकारले ध्यान नपुगेको सिंचाइ उपभोक्ता समिति बाँकेका अध्यक्ष शालिकराम डाँगीले बताए।

सरकारले सिक्टा सिंचाइ आयोजना राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखे पनि अत्यावश्यक प्राविधिक जनशक्तिको व्यवस्थामा ध्यान नदिँदा नहर निर्माणका ढिलाइ भएकाले तत्काल दक्ष प्राविधिक जनशक्तिको व्यवस्थापन गरेर नहर निर्माणको कामलाई तीव्रता दिन विकासका लागि नागरिक सरोकार समितिकाको अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए। सिक्टा सिंचाइ आयोजनाको निर्माण कार्य २०७० को माघसम्म पूरा हुने लक्ष्य राखिएको २०६२÷०६३ मा शुरु भएको थियो। तर, निर्माण सम्पन्न हुनुपर्ने अवधि सकिएको सात वर्ष बितिसक्दा पनि नहर निर्माणका काम भने करिब ६५ प्रतिशत सकिएको छ। आयोजना शुरु हुँदा १२ अर्ब ७० करोड रुपैयाँ लागतमा नहर निर्माणको काम सम्पन्न गर्ने अनुमान गरिए पनि ६५ प्रतिशत काम पूरा हुदा १६ अर्ब ९७ करोड खर्च भइसकेको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्