वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमण भई उपचाररत एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-१० की ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

Advertisements

नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा आइतबार दिउँसो २ : ५५ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

कोभिड निमोनियका कारण लामो समयसम्म आईसीयुमा उपचाररत उनलाई शनिबार भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै उनको मृत्यु भएको थियो ।

नारायणीमा उपचारको क्रमममा भदौं १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई गण्डक कोभिड अस्पतालमा सारिएको थियो । २२ गते गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ नै आएको थियो ।

दुवै फोक्सो सुकिसकेको उनको एक्युट रेस्पाईर्‍याटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) अर्थात श्वासप्रश्वास प्रणाली फेल भएर मृत्यु भएको गण्डक कोभिड अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्