सल्यानमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा एक जना स्वास्थ्यकर्मी सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको शारदा नगरपालिकाले जनाएको छ ।

Advertisements

नगरपालिकाका कोभिड फोकल प्रसन रविन बिष्टका अनुसार  शारदा नगरपालिका ७ कजेरी स्वास्थ्यचौकीमा कार्यरत २३ बर्षिया स्वास्थ्यकर्मी सँगै शारदा नगरपालिका २ खलंगा, डाँडागाउँका २ जना पुरुष र एक जना महिलामा संक्रमण पुष्टि भएको छ । जसमा ४९ र ३० बर्षिय पुरुष रहेका छन् भने ४७ बर्षिया महिला रहेका छन् । याे सँगै सल्यानमा कोरोना संक्रमितको संख्या ३ सय ५२ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्