दाङ । बर्षाले घर भत्किदा बस्ने बासको समस्यामा परेका गणेश चौधरीको परिवारलाई सांसद हिराचन्द्र केसीले आर्थिक सहयोग गर्नुभएको छ ।
तुलसीपुर १० गौरीगाउँका चौधरीलाई सांसद केसीले आज घरमै पुगेर ११ हजार १ सय ५० रूपैयाँ हस्तान्तरण गर्नुभयो । चौधरीलाई नयाँ घर बनाउन सघाउने उदेश्यले आर्थिक सहयोग गरेको बताउनुभयो । उहाँले घर निर्माणमा लाग्ने जस्तापाता उपलब्ध गराउने समेत प्रतिबद्धता जनाउनु भएको छ ।
पीडित चौधरीले बिपतका बेला घरमै आएर सांसदकेसीले सहयोग गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

Advertisements

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्