Advertisements

 

                                                                          गणेश आचार्य

Advertisements

दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको संरक्षणमा संचालन भएको जुवामा जिप्रकाले छापा मारेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित कुमार सुनारको घरमा ईप्रकाको सेटिङमा जुवा संचालन भएको सुचना पाएपछि जिप्रका बाट खटिएको सादा पोशाकको प्रहरीले असोज १० गते उक्त घर खानतलासी गर्दा ९८ हजार ९ सय ५० रूपैयाँ र ५ गड्डि तास सहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जुवाको खालबाट भरत विक,टंक सुनार,सुनिल वली,कुमार सुनार,भरत विक,ओमबहादुर बुढामगर,प्रेमबहादुर सुनार,मानबहादुर वली,केशव डाँगी,अर्जुन पुन,धर्मराज बुढाथोकी,दिपक वली र हेमेन्द्र शाही पक्राउ परेका छन् ।

जुवा चलाउन डीएसपीको अनुमति
कुमार सुनारको घर ईप्रका बाट बढिमा ३ सय मिटरको दुरीमा छ । स्रोतका अनुसार उक्त घरमा जुवा चलाउन ईप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहको अनुमति थियोे । ईप्रका तुलसीपुरका एक जुनियर प्रहरी अधिकृतका अनुसार जुवाडेले डीएसपी सिंहलाई २ लाख रूपैयाँ बुझाएका थिए । जसका कारण ईप्रका नजिकै दिनदहाडै निर्धक्कका साथ जुवा चलेको थियोे ।

मुचुल्का उठाउन १ घण्टापछि
ईप्रकाको सेटिङमा जुवा संचालन भएको खबर पाएपछि जिप्रका बाट आएको असई युवराज गौतमको टोलीले जुवा घर घेरेर जुवाडे नियन्त्रणमा लियो । अनि,ईप्रकामा खबर गर्यो । तर,करिब ३ सय मिटरको दुरीमा रहेको ईप्रकाबाट जुवा घरमा पुग्न प्रहरीलाई १ घण्टा लाग्यो । बजार एरिया भित्र घटना भएको १० मिनेटमा प्रहरी पुग्ने दावी गर्ने डीएसपी सिंहले ३ सय मिटरको जुवा घरमा मुचुल्का उठाउने प्रहरी पठाउन १ घण्टा लगाउनुले गम्भीर जुवामा डीएसपीको संरक्षण थियोे भन्नेलाई थप बल पुगेको छ । प्रहरी स्रोतका अनुसार जुवाडे टोलीले जिप्रकाको टोलीलाई कन्भिन्स गर्न सक्छ कि भन्ने मनसायले प्रहरी पठाउन ढिला गरेका थिए ।

जुवाडे चाँडै छाड्ने तयारीमा डीएसपी सिंह
आफैंले संरक्षण गरेर चलाएकाे जुवाका जुवाडेलाई जिप्रकाले पक्राउगरी जिम्मा लगाएपछि डीएसपी सिंह तनाबमा छन् । उनलेे जिप्रकाको टोलीलाई जुवाको सुचना दिनेको पहिचान गर्न जुवा संचालकलाई उर्दी जारी गरेका छन् । स्रोतका अनुसार सुचना दिनेको पहिचान भए त्यो व्यक्तिलाई थुनेर देखाइदिने जुवा संचालक सँग कबुल गरेका छन् । आज राती रातारात मिसिल तयार पारेर भोली नै जुवाडेलाई अदालत पेशगरी नुनको साझो गर्ने तयारीमा डीएसपी सिंह छन् ।

डीएसपीलाई मुख्यमन्त्री कार्यालयबाट फोन

ईप्रकाको संरक्षणमा जुवा संचालन भएको गुनासो पुगेपछि प्रदेश ५ को मुख्यमन्त्री कार्यालयबाट डीएसपी सिंहलाई फोन गरेर सचेत गराइएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार डीएसपी सिंहलाई फोन गरेर ´तपाईंको संरक्षणमा संचालन भएको जुवा नियन्त्रण गर्न जिप्रकाबाट जानुपर्यो भन्ने कुरा आएको छ,यो राम्रो भएन,तपाईंको काममा प्रश्न चिन्ह उठेको छ,तपाईलाई सचेत गराएको ह‍ो । यस्तो काम दोहोरिए राम्रो हुँदैन्` भनेर फोन गरिएको छ ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्