बझाङ — प्रहरीले २५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । वित्थडचिर गाउँपालिका–२ को लिम भन्ने ठाउँमा लुकाई राखेको अवस्थामा प्रहरीले २५ किलो चरेससहित बुङ्गल नगरपालिका–२ का २५ वर्षीय धनबहादुर धामी र सोही वडाका २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरेको हो ।

Advertisements

सुदूरपश्चिम प्रहरी अनुसन्धान समूहबाट प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा प्लास्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाएर चरेस बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया राख्नुहोस

कृपया तपाइको कमेन्ट लेख्नुहोस्
कृपया आफ्नो नाम लेख्नुहोस्